बदलिएको २.० कांग्रेसकी केन्द्रीय सदस्य एवं उम्मेदवार विनिता खड्का पक्राउ, महाधिवेशनस्थलमा खैलाबैला

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्कालाई पक्राउ गरेको छ ।

शुक्रबार राति काठमाडौंबाट खड्काले पक्राउ गरिएको सीआईबीका प्रवक्ता समेत रहेका एसएसपी अनुपमशम्शेर जबराले जानकारी दिए । एसएसपी जबराले भने, ‘विनिता खड्कालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा रहेको छ ।’

गगन थापाको कार्यसमितिकी केन्द्रीय सदस्य एवम् उम्मेदवार महाधिवेशनस्थलबाटै पक्राउ परेपछि महाधिवेशनस्थलमा खैलाबैला भएको छ ।

पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग कनेक्सन देखिएपछि कांग्रेस खड्कालाई पक्राउ गरिएको बुझिएको छ ।

केही दिनअघि इजरायल पठाउने भनेर ठगी गर्ने भरत चौलागाईमार्फत् रामेछापकी खड्का जबरासम्म पुगेकी थिइन् । जबरासँग मिलेर मुद्दामा चलखेल गरेकी खड्काले छोटो समयमा भएको करोडौंको जायजेथा जोडेको आरोप लाग्ने गरेको छ ।

इजरायल पठाउने भनेर ठगी गरिएको पैसा बालिका शिवाकोटी र भरत चौलागाईसँगै खड्कासमेत संलग्न रहेको बुझिएको छ ।

कांग्रेस नेतृ खड्काको बुढानीलकण्ठमा ठूलो क्षेत्रफलमा भब्य बंगला बनाएको बिषयमा समेत कानून ब्यवसायीबीचमा समेत चर्चा हुँदै आएको छ ।

तथाकथित विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको कार्यसमितिकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ खड्कालाई इजरायलको ठगी काण्ठमा पनि अनुसन्धान हुनेछ । प्रधानमन्त्री बालेन्द्र शाहको निजी सचिवालयका सदस्यहरूको नाम लिएर भरत चौलागाईंको समूहले इजरालयमा कामदार पठाउने भनेर लाखौँ रुपियाँ ठगी गरेको उजुरी परेपछि सीआईबीले अनुसन्धान शुरु गरेको थियो ।

Published : Friday, 2026 October 9, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया