रास्वपाका हिंस्रक सांसद खगेन्द्र सुनारका कारण पीडित महिला र बालक असुरक्षित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवादित सांसद खगेन्द्र सुनारको अडियो प्रकरणपछि पीडित महिला र बालकको सुरक्षालाई लिएर गम्भीर चिन्ताको विषय उठेको छ ।
सांसद सुनारले अडियोलाई स्वीकार गरेर आफूलाई कानूनसमक्ष सुपर्दगी गर्नुपर्नेमा सामाजिक सञ्जालबाट झन् आक्रामक र चेतावनी शैलीमा मंगलबार दिएको अभिव्यक्तिले पीडित महिला तथा उनको बच्चाको सुरक्षाप्रति चासो र चिन्ता बढेको हो । सामाजिक सञ्जालमा ती पीडित महिला र बालकको सुरक्षाका विषयमा प्रहरीले विशेष सुरक्षा सर्तकता अपनाउनुपर्ने माग उठेको छ ।
पीडित भनिएकी महिला पूर्वराज्यमन्त्री र नेपाली कांग्रेसको नेता रहेको बताइएको छ । गोपनीयताका कारण ती महिलाको नाम गोप्य राखिएको छ ।
सार्वजनिक भएको अडियोमा सांसद सुनारले ती महिला र उनको छोरालाई टेलिफोनबाट निकै हिंस्रक शब्दावलीसहित गालीगलौज गर्नुका साथै रगत पिउनेदेखि नाङ्गो भिडियो बनाएका लगायतका कुराहरू छन् । आफ्नो कर्तुत् लुकाउन रास्वपाका सांसद सुनारले ठूलै शक्ति र गतिविधि गरिरहेका छन् ।
सांसद सुनारले आफूलाई बचाउन ती पीडित महिलालाई धाक, धम्की, हत्याको योजना लगायत जे पनि गर्न सक्ने भन्दै सामाजिक सञ्जालमा चिन्ताको विषय आएका छन् ।
रास्वपाले नेपाल प्रहरीले अनुरोध गरेर सांसद सुनारलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुपर्ने थियो । रास्वपाले प्रेस विज्ञप्ति जारी गरेर आन्तरिक अनुसन्धान गर्न लागेको भन्दै पन्छिने प्रयास गरेको जस्तो देखिएको छ । महिला र बालबालिकाको हिंसाका विषयमा रास्वपाले जति गाम्भीर्यता देखाउनुपर्ने थियो त्यो देखाएको छैन ।
सांसद सुनारको स्थानमा अर्को कुनै सर्वसाधारण व्यक्ति रहेको हुन्थ्यो भने प्रहरीले अहिलेसम्म पक्राउ गरेर थुनामा राखिसकेको हुने थियो । रास्वपाको झण्डै दुईतिहाइको सरकार छ । सांसद सुनारलाई सत्ताको डरले प्रहरीले पनि केही गर्न सकेको छैन ।
यसअघि, प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्वु ओलीले आफूलाई गालीगलौज र ज्यान मार्ने धम्की आएको भनेर प्रतिनिधि सभामा बोलेपछि गृहमन्त्री सुधन गुरुङ सांसद ओलीसँग संसदमै भेटेर दोषीलाई कारबाही गर्ने भनेर प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएका थिए ।
आफ्नै पार्टीका सांसद सुनारको हिंस्रक अडियो र बैंक स्टेटमेन्टहरू बाहिर आएर छताछुल्ल हुँदासमेत प्रहरीलाई अनुसन्धान र कारबाहीको निर्देशन दिएका छैनन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया