दशैंको मुखमा आर्थिक अभावमा ३ दिनदेखि अस्पतालमा अलपत्र परेका परियारलाई मोहन बस्नेतद्वारा ९० हजार हस्तान्तरण
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उपचार खर्च अभाव भएका कुमार परियारलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
दशैंको मुखमा उपचार खर्चको अभाव झेलिरहेका परियारलाई नेता बस्नेतले काठमाडौंको एक अस्पतालमा पुगेर आर्थिक सहयोग गरेका हुन् । कांग्रेस नेता रामकुमार थापाका अनुसार नेता बस्नेतले परियारलाई ९० हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता बस्नेतको समन्वय र नेतृत्वदायी भूमिकाका कारण नेपाली कांग्रेस लिसंखुपाखर गाउँपालिका सभापति जोगलाल तामाङ (जेठा)ले ८० हजार तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भूपेन्द्र तामाङले १० हजार गरि परियारलाई ९० हजार प्रदन गरिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिका वडा नं. १ निवासी परियारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ । परियार दिन अगाडि नै डिस्चार्ज हुनुपर्ने थियो । आर्थिक अभाव भएपछि तीन दिनसम्म अस्पतालमा बसेका थाहा पाएपछि कांग्रेस नेता एवम् पूर्वमन्त्री बस्नेतले अस्पतालमै पुगेर परियारलाई आर्थिक सहयोग गरेर अस्पतालबाट डिस्चार्ज गराउन सहयोग गरेका हुन् ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया