धर्मनिरपेक्षताको अर्थ सनातन धर्ममाथि मात्रै प्रहार गर्नु होइन, मासु सबैले खान्छन्, समान व्यहार हुनुपर्छ : कांग्रेस नेता थापा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मनीषजंग थापाले धर्मनिरपेक्षताको अर्थ सनातन धर्ममाथि मात्रै प्रहार गर्नु होइन भनेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत् नेता थापाले दशैँको मुखमा सनातन धर्मको पशुबलिको विरोध गर्ने माननीय सांसदज्यूहरूलाई प्रश्न गर्दै सबै धर्म र परम्परालाई समान दृष्टिले हेर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘इस्लाम धर्ममा ईद–उल–अजहामा बाख्रा, भेडा लगायतका जनावरको कुर्बानी दिइन्छ । अरु धर्मका केही समुदायमा पनि धार्मिक अनुष्ठानमा पशुबलिको चलन पाइन्छ । त्यसैले पशुबलिको विषयमा बहस गर्दा सबै धर्म र परम्परालाई समान दृष्टिकोणले हेर्नुपर्दैन ?’
‘पशुहिंसा रोक्ने नै उद्देश्य हो भने देशभर मासु उत्पादन, बिक्री–वितरण र उपभोगसम्बन्धी समान नियम बनाऔँ । सबै समुदायमा एउटै कानूनी मापदण्ड लागू गरौँ । कुनै एक धर्मलाई मात्रै निशाना बनाउनु उचित हुँदैन,’ कांग्रेस नेता थापाले भनेका छन् ।
राजनीतिक दलका केही नेता, सांसद र तथाकथित सामाजिक अभियन्ताहरूले हिन्दु धर्मालम्बीहरूको धार्मिक आस्थामाथि हस्तक्षेप हुने गरेर गतिविधि गर्नुका साथै पशुबलि हिन्दु धर्मालम्बीहरूले मात्रै गर्छन् भन्ने जस्तो भाष्य बनाएर हिन्दु धर्मामाथि निरन्तर प्रहार भएपछि कांग्रेसका युवा नेता थापाले त्यसको प्रतिवाद गर्दै सबै धर्म र परम्परालाई समान दृष्टिले हेर्नुपर्ने बताएका हुन् ।
सबै धर्ममा पशुबलि वा मासु खाने गरिन्छ । तर, हिन्दु धर्मालम्बीहरूले मात्रै पशुशलि र मासु खाने जस्तै गरेर प्रचार प्रसार गरेर धर्म र परम्परामाथि प्रहार गर्नु उचित नहुने कांग्रेस नेता थापाको भनाइ छ ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया