देउवाद्वारा पशुपतिनाथ र गृह्येश्वरी माताको दर्शन
काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनबाट निर्वाचित सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पशुपतिनाथ मन्दिरको दर्शन र पूजा गरेका छन् ।
फूलपातीको दिन देउवाले पशुपतिनाथ मन्दिरमा पूजा गरेका हुन् । देउवाले गुह्येश्वरी माताको दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिर र गृह्येश्वरी माताको दर्शनका क्रममा देउवासँग कांग्रेसका नेता तथा कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो ।
देउवाले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘श्री पशुपतिनाथ र गुह्येश्वरी माताले हामी सबैको कल्याण गरून् ।’
नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री एवम् युवा नेता राजु श्रेष्ठका अनुसार देउवाले दशैँ पर्वको अवसरमा शक्तिपीठहरूको दर्शन गरेको जानकारी दिए । देउवासँग शक्तिपीठहरूको दर्शन गर्न महामन्त्री श्रेष्ठ पनि पुगेका थिए ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया