साउदी अरेबियाको तेल उत्पादन केन्द्रमा हुथीको आक्रमण, एक नेपालीको मृत्यु
काठमाडौं । इरान समर्थित हुथी विद्रोहीले साउदी अरेबियाको सेबा आयल फिल्डमा गरेको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ ।
बुधबार साउदी अरामकोको तेल उत्पादन तथा प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा एक नेपाली र एक फिलिपिनो नागरिकको ज्यान गएको हो । घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन् ।
साउदी ऊर्जा मन्त्रालयका अनुसार, आक्रमणका लागि आएको ड्रोनलाई साउदी वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो । भग्नावशेष तल खस्दा आयल फिल्डको परिसरबाहिर रहेको ठेकेदारको गाडीमा आगो लागेको थियो । त्यस क्रममा ती कामदारहरूको मृत्यु भएको हो ।
घटनाप्रति नेपालको परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै आक्रमणको निन्दा गरेको छ । मन्त्रालयले बिहीबार जारी गरेको सन्देशमा मृतक नेपाली नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
पछिल्ला केही हप्तायता यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाका विमानस्थल र ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमणहरू गर्दै आएका छन् ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया