सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता असोज १२ गतेबाट शुरु भएको थियो ।

कायम मुकायम प्रधान सेनापति प्रदीपजङ्ग के.सी.को प्रमुख आतिथ्यमा प्रतियोगिता समापन भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी ८ वटा विधा समावेश गरिएको उक्त प्रतियोगितामा जम्मा १४ वटा टिमहरू सहभागी थिए ।

प्रतियोगितामा समग्रतर्फ श्री उपत्यका पृतना प्रथम हुन सफल भएको छ । गणतर्फ श्री पुरानो गोरख गणले प्रथम स्थान हासिल गरेको छ ।

विजयी टिम, उत्कृष्ट खेलाडी एवम् रेफ्रीहरूलाई कायम मुकायम प्रधान सेनापति तथा रथीवृन्दले ट्रफी, प्रमाण–पत्र एवम् कदर पत्र प्रदान गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरी राष्ट्रिय खेलकुदमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन भएको खेलकुद प्रतियोगिताको यस संस्करणमा खेलाडीहरूले महिलातर्फ २०० मिटर दौड, ५००० मिटर दौड, लङ्ग जम्प, ज्याब्लिङ–थ्रो र सट पुट तथा पुरुषतर्फ १०० मिटर दौड, ४०० मिटर दौड र म्याराथनमा नयाँ आर्मी रेकर्ड कायम गर्नुका साथै पुरानो गोरख गणका ब.का.सि. सलिन देवानले पुरुषतर्फ लङ्ग जम्पमा र काली रक्षा गण (ई) का अम. जयरानी थारुले ४०० मिटर दौड महिलातर्फ नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका छन् ।

Published : Friday, 2026 October 9, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया