सुश्रुतसँग इरानी आईएम पराजित

काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्कोस्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हलमा सोमबार व्यक्तिगत विधा तर्फको रापिड तथा ब्लिट्ज बुद्धिचाल प्रतियोगिता सम्पन्न गरेको छ ।

सांघाई अन्तर्राष्ट्रिय स्टेट सदस्य राष्ट्रबीच अन्तर्राष्ट्रिय स्पोट्र्स इभेन्ट अन्तर्गत रापिड चेसमा नेपालका २१४३ रेटेड सिएम सुश्रुत दहालले इरानीयन २३२८ रेटेड अन्तर्राष्ट्रिय मास्टर दघली आरसलाई हराएर सुखद् अनुभव प्राप्त गरेका छन् ।

सुश्रुत समान बराबर ३ अंक बनाएर सिएम आशिष् फुयालले पनि उपस्थिति जनाए ।

नौ चरणको रापिड महिला तर्फ डब्लूसिएम कृतिसराले काजकिस्तानका डब्लूएफएम झुनुस बेकोभा एमोनचोकलाई पराजित गरे सँगै ५ अंक बटुलिइन् ।

यता एघार चरणको ब्लिट्ज खेलमा आशिष् फुयाल र कृतिसराले समान ५ अंक बनाउदै औसत खेल पस्के । कृतिसराले अन्तिम खेलमा बेलारुसका २११० रेटेड डब्लूएफएम पोलिएकोभा भार्भरा सँग बराबरी गर्दै दोश्रो स्थानमा रहन बाध्य बनाइन् । जुनियर ओलम्पियाड डब्लूसिएम निहाना श्रेष्ठले अनुभव संगाले ।

प्रतियोगिताको तेश्रो दिन टिम खेल अन्तर्गत रापिड र चौथो दिन टिम ब्लिट्ज खेल हुनेछ । दुबै टिम विधामा चार जना खेलाडीमध्ये दुई पुरुषमा आशिष र सुश्रुत तथा महिलामा कृतिसरा र निहाना श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।

अध्यक्ष हेराकाजी महर्जनको नेतृत्वमा गएको ६ जनाको टोली १९ तारिख स्वदेश फर्केर १०औं राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलहरु सञ्चालनमा जुट्ने छन् ।

प्रतियोगिता अवधिमा नेपाल बुद्धिचाल महासंघले मस्को रेजिअन चेस फेडेरेशनसँग चेस बिकासका विविध विषयमा दुई पक्षीय महत्वपूर्ण सम्झौता हुने जानकारी गराएको छ ।

Published : Tuesday, 2026 November 17, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया