गगनद्वारा प्रश्नपत्र काण्डमा पक्राउ परेका त्रिपाठीलाई मनोनीत, नाङ्गियो बदलिएको २.० कांग्रेस

काठमाडौं । तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेसलाई हाइज्याक गरि आफूलाई सभापति घोषणा गरेका गगन थापाले प्रश्नपत्र आउट गरेर कारबाहीमा परेका माधव त्रिपाठीलाई माहधिवेशन प्रतिनिधि मनोनीत गरेको खुलासा भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ६ सरस्वतीनगर बस्ने हाल करीव वर्ष ४० का त्रिपाठीलाई राष्ट्रिय परीक्षा बोर्डको कम्युटर साईन्सको प्रश्नपत्र आउट गरेको अभियोगमा २०८१ वैशाख २६ गते जिल्ला प्रहरी परिसर काठमाडौंले वेलकम पार्टी प्यालेसबाट प्रश्नपत्रसहित ६ जनाको गिरोहसहित नियन्त्रणमा लिएको थियो ।

कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला गगनले नेपाली कांग्रेसको १५औं महाधिवेशन गरेर आफूलाई सभापति बनाएका छन् । सभापति बन्न गगनले के केसम्मको हत्कण्डा अपनाए भन्ने कुराको पुष्टि त्रिपाठी जस्ता व्यक्तिलाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको विषयले पनि प्रष्ट बनाएको छ ।

त्रिपाठीलाई महाधिवेशन प्रतिनिधिमा गगनले मनोनीत गरेपछि सुशासनको कुरा गर्दै आएको बदलिएको २.० कांग्रेसको हैसियत उदाङ्गो बनेको छ । काठमाडौं क्षेत्र नं. ३ का क्षेत्रीय प्रतिनिधिहरू र स्थानीय नेता तथा कार्यकर्ताहरूले गगनको २.० कांग्रेस नाङ्गिएको बताउन थालेका छन् ।

यसैबीच, काठमाडौं क्षेत्र नं. ३ का क्षेत्रीय प्रतिनिधिहरूले सर्वसहमतिको नाममा कोठाभित्र लुकेर अधिवेशन गरि महाधिवेशन प्रतिनिधि र कार्यसमितिको सूची टाँस गरेको विरोधमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा उजुरी दिएका थिए । गगनले त्यो उजुरीलाई बेवास्ता गरिदिएका छन् ।

प्रश्नपत्र नै आउट गरेर कारबाही भोगेका त्रिपाठी जस्ता व्यक्तिहरूलाई महाधिवेशन प्रतिनिधि बनाएर प्रमाणपत्र समेत दिएपछि २.० कांग्रेसप्रतिको काठमाडौंका नेता तथा कार्यकर्ताहरूको पार्टीप्रति मोह भङ्ग भएको छ ।

काठमाडौं क्षेत्र नं. ३ को प्रदेश सभा क्षेत्र नं. १ र २ को अधिवेशन कुनै पनि क्षेत्रीय प्रतिनिधिहरूलाई जानकारी नदिएर कोठाभित्र गोप्य रुपमा गरिएको उजुरीमा गगनले अहिलेसम्म सुनुवाई गरेका छैनन् । गगनले अब झन् त्यो उजुरीको सुनुवाई गर्ने त सम्भावना नै छैन ।

काठमाडौं क्षेत्र नं. ३ का क्षेत्रीय प्रतिनिधिहरूले सामूहिक रुपमा असोज १५ गते कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ‘कोठे सहमति बदर गरि प्रक्रियागत अधिवेशन गराई पाउँ भनेर उजुरी दिएका थिए ।

Published : Tuesday, 2026 October 27, 1:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया