अधिवेशनलाई लिएर चौधरीद्वारा पर्सा कांग्रेसका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट
वीरगञ्ज । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशत तयारीका क्रममा पर्सा जिल्लाको अधिवेशनका विषयमा नेता उमाकान्त चौधरीले आवश्यक परामर्श गरेका छन् ।
आइतबार पर्साको वीरगञ्जमा नेता चौधरीले स्थानीय नेताहरूसँग १५औं महाधिवेशनका विषयमा छलफल गरेका हुन् । शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साजक उपस्थिति रहेको बैठकमा नेता चौधरीले कांग्रेसलाई बचाउन १५औं नियमित महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न आग्रह गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता चौधरी अधिवेशनको तयारीका सन्दर्भमा पर्सा जिल्लाका नेताहरूसँग जानकारी लिएका छन् ।
नेपाली कांग्रेस, पर्साका संयोजक विजय कर्ण, निर्वाचन अधिकृत विजय उपाध्याय लगायतले अधिवेशनको तयारीका विषयमा नेता चौधरीलाई जानकारी गराएका छन् ।
पर्सा कांग्रेसका नेताहरूले नियमित अधिवेशनका विषयमा जिल्लाका नेता तथा कार्यकर्ताहरूमा उत्साहपूर्ण सहभागिता हुने गरेको बताएका छन् ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया