जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

शैल्यशिखर । जिल्ला प्रहरी कार्यालय दार्चुलाले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ ।

शैल्यशिखर नगरपालिका–९ गाजरी बस्ने ४८ वर्षीय केशव वि.क.को घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको जनाएको छ । प्रहरीले केशव वि.क.समेत ८ जनालाई शनिबार दिउँसो पक्राउ गरेको विज्ञप्तिमार्फत् जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ७५ रूपियाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

Published : Sunday, 2026 October 25, 7:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया