बुधवार, जेठ १३, २०८३
Wednesday, May 27th, 2026

प्रधानमन्त्रीको खोजी भएपछि रुलिङ गर्ने विषयमा नसिकाउन सभामुखद्वारा सांसदहरूलाई चेतावनी

५ घन्टा अगाड

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रुलिङ गर्ने विषयमा सांसदहरूलाई आफूलाई नसिकाउन चेतावनी दिएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै सभामुख अर्यालले भने, ‘हामीले गर्दै आएको प्राक्टिस यी सबैलाई हेर्दा माननीयहरूले हलबाट सभामुखलाई कुन विषयमा रुलिङ गर्ने, कुन विषयमा रुलिङ नगर्ने, कसलाई रुलिङ गर्ने, कसलाई रुलिङ नगर्ने, यसरी रुलिङ गर्नुस् भनेर सभामुखलाई निर्देशन दिने त्यो प्राक्टिस छ जस्तो मलाई लाग्दैन ।’ ‘सभामुखले...

हर्कराज राईद्वारा प्रधानमन्त्री शाहलाई जवाफेही बनाउन माग गर्दै संसद बहिस्कार

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदप्रति जवाफदेही बनाउन माग गरेका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको बैठकमा शुरुमै...

प्रधानमन्त्रीलाई उत्तरदायी बनाउनुस्, पूरै नेपालले जवाफ चाहेको छ : कांग्रेसका उपनेता शाह

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले अधिकार प्रयोग गर्न सभामुखलाई कसले रोक्यो भनेर प्रश्न गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको...

खुर्कोट प्रकरणमा एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस

काठमाडौं । इलाका प्रहरी कार्यालय, खुर्कोट, सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीसहित १० प्रहरी कर्मचारीहरूलाई कारबाही सिफारिस भएको छ...
समाचार

आईजीपी कार्कीले कमाण्ड सम्हाल्नेवित्तिकै राजश्व चुहावटमा संलग्न ७ सय ५८ जना पक्राउ

४ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको पदबहाली पश्चात संगठनको क्षमता अभिवृद्धिका साथै सांगठानिक सुदृढीकरणमा भएका विभिन्न प्रयासहरू अन्तर्गत गत ६ महिनाको अवधिमा अपराध अनुसन्धान तथा कानूनी कारबाही, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा, विपद् व्यवस्थापन तथा सुरक्षा परिचालनका क्षेत्रहरूमा उल्लेखनीय प्रयासहरू भएका छन् । सो अवधिमा देशभरबाट ४ हजार...

नवीन खड्का २९ हजार थान भेपसहित

काठमाडौं । अवैध विद्युतीय चुरोट (भेप) सहित ललितपुरको महालक्ष्मी नगरपालिका–८ बस्ने ३१ वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो काठमाडौं...

वी.पी.का जुत्ता सर्कसमा नलगाउन गगनलाई केदार कार्कीको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्कीले नवयुवाको आकर्षण पार्टी र भ्रातृ संस्थामा दास निर्माण गरेर सम्भव नहुने बताएका छन् । नेता कार्कीले...

घुस प्रकरणमा बयान फेरेपछि तीन जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । घुस प्रकरणमा अदालतमा बयान फेरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलबार अख्तियारले...

भदौ २३ र २४ मा कमजोर भएको प्रहरीको मनोवल आईजीपी कार्कीले उच्च बनाए, भए धेरै सुधारहरू

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पदबहाली पश्चात संगठनको क्षमता अभिवृद्धिका साथै सांगठानिक सुदृढीकरणमा विभिन्न प्रयासहरू भएका छन् । जसमध्ये...

रास्वपा सभापति लामिछाने पत्नी, स्वकीय सचिव र दुई सांसदसहित भारत भ्रमणमा जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा जाने भएका छन् । भाजपाका अध्यक्ष नितिन...

प्यूठानमा सात थान भरूवा बन्दुक बरामद

बाग्दुला । जिल्ला प्रहरी कार्यालय, प्युठानले सात थान एकनाले भरूवा बन्दुक बरामद गरेको छ । नौबहिनी गाउँपालिका वडा नं. ७ लेखखर्कस्थित खानेपानी ट्याङ्की...
अपराध

श्रीमतीको हत्या अभियोगमा रामलाल पक्राउ

१८ घन्टा अगाड
हेटौँडा । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले श्रीमती हत्याको अभियोगमा ४५ वर्षीय रामलाल ब्लोनलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ४२ वर्षीया ओमकुमारी भुजेलको हत्या गरेको अभियोगमा हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल तरकारी मण्डी डेरा गरी बस्ने मनहरी गाउँपालिका–३ घर भएका ४५ वर्षीय रामलाल ब्लोनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख...
कला

गायक सोम गुरुङ ‘चौंरीको गोठ’ सार्वजनिक

काठमाडौं । गायक सोम गुरुङले नयाँ गीत ‘चौंरीको गोठ’ सार्वजनिक गरेका छन् । लोक–पप शैलीमा तयार पारिएको यस गीतले नेपाली पहाडी जनजीवन, संस्कृति र प्रेमको सुन्दर चित्रण गरेको छ । गीतको शब्दमा एउटा प्रेमीले आफ्नो प्रेमिकाको फोटो खल्तीमा सजाएर राखेको...
खेलकुद

राष्ट्रिय बी बुद्धिचाल च्याम्पियनसिपको अग्रस्थानमा रिसोन र कृतिसरा

दमक । झापाको मेचीनगरको खानेपानी तथा सरसफाइ हलमा मंगलबारदेखि राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु भएको छ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा जेठ...

चेस विशेष साधारणसभाद्वारा अविश्वासको प्रस्ताव अस्वीकृत

हेटौँडा । नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दीपेन राई समूहले अध्यक्ष र महासचिवविरुद्ध हालेको अविश्वासको प्रस्ताव विशेष साधारणसभामा उपस्थित सबै प्रतिनिधिले सर्वसहमत...

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट जेठ १३ देखि हुने

काठमाडौं । बागमती प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता यही जेठ १३ देखि १५ गतेसम्म हुने भएको छ । आइतबार पत्रकार...

बुद्धिचाल महासंघको बिशेष साधारणसभा दोस्रो पटक आह्वान

हेटौँडा । नेपाल बुद्धिचाल महासंघ केन्द्रीय कार्यसमितिले आह्वान गरेको पहिलो पटकको विशेष साधारणसभा मकवानपुरस्थित क्लब हेटौंडाको सभाहलमा जारी रहेको छ । महासंघका...
अर्थ

सरकारद्वारा मोटा र मध्यम धानको समर्थन मूल्य निर्धारण

२ दिन अगाड
काठमाडौं । सरकारले वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले मोटा धानको प्रतिक्वीन्टल रू. ३,६६० र मध्यम धानको प्रतिक्वीन्टल रू. ३,८६० तोकिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सुस्मित पोखरेलले बताएका छन् ।...

चन्द्र ढकालको समूहलाई हराउँदै महासंघमा अञ्जनकुमार समूहको जबरजस्त जित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जनकुमार श्रेष्ठ पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघको केन्द्रीय कार्यालय, टेकु, काठमाडौंमा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण...

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

३ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...