घुसको ३३ लाखसहित मध्यपुर ठिमी नगरपालिकाका अधिकृत घिमिरे पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई घुसको ३३ लाख रुपियाँसहित पक्राउ गरेको छ ।
ठेकेदारलाई ठेक्का रकम भुक्तानी दिने क्रममा कमिसन मागेका घिमिरेलाई सोमबार अख्तियारको टोलीले नगरपालिकाको कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो ।
ठेक्का रकम भुक्तानीका लागि कमिसन मागेको सूचनाका आधारमा अख्तियारले निगरानी बढाएको थियो ।
सोही क्रममा अख्तियारको टोलीले घिमिरेलाई ३३ लाख रुपियाँ घुस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
घिमिरेले बुझेको रकम अख्तियारकै टोलीले उपलब्ध गराएको घुस रकम रहेको बताइएको छ । घिमिरेमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Published : Monday, 2026 November 2, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया