नेपाल तरुण दलको मुख्यसचिवमा निशान लामा मनोनीत

काठमाडौं । नेपाल तरुण दलको मुख्यसचिवमा निशान लामा नियुक्त भएका छन् ।

तरुण दलको केन्द्रीय कार्यालयको कार्यसम्पादन लगायतका गतिविधि गर्नका लागि निशान लामालाई सोमबार मुख्यसचिवमा नियुक्त गरिएको हो । निशान लामा सिन्धुपाल्चोक जिल्ला निवासी हुन् । उनी तरुण दलमा सक्रिय छन् ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष दिल लामाले निशान लामालाई मुख्यसचिवमा मनोनीत गरेको जनाएका छन् ।

नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले दिल लामालाई नेपाल तरुण दलको अध्यक्षमा केही दिन अगाडि मनोनयन गरेका थिए ।

Published : Monday, 2026 November 2, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया