काठमाडौं महानगर हाँक्ने योजनासहित नेपाल फर्कदै अमृत लामा, बालेनबाट प्रभावित
काठमाडौं । सानैदेखि अभाव र अप्ठ्यारोमा हुर्किएका अमृत लामा पढाइमा भने अब्बल थिए । कक्षामा कहिल्यै दोस्रो नभएका अमृतले छात्रवृत्तिबाटै विदेशसम्मको उच्च शिक्षा हाँसिल गरे ।
उनी खेलक्षेत्रका पनि अगुवा थिए । शिक्षा, खेल साथै आफ्नो समयमा चलचित्रको नायक र निर्देशक थिए, उनी ।
करीव ३५ बर्षदेखि अमेरिका बस्दै आएका उनले नेपालसँगको सम्बध कहिल्यै भुलेनन् । उनले हामी नेपाली ग्लोवलमार्फत् ४५ देशमा संस्थाको च्याप्टर स्थापना गरेका छन् ।
नेपालका ५५ जिल्लामा सव च्याप्टर स्थापना गरेका छन् । उनले संस्थामार्फत नेपालको ग्रामीण क्षेत्रमा विकासमा साझेदार गर्दै आएका छन् ।
उनी देशमा भएका प्राकृतिक विपत्तिहरूमा समेत सहयोगी हातलिएर नेपाल आउने गरेका छन् । हालै उनले राष्ट्रव्यापी छात्रवृत्ति कार्यक्रमको घोषणा गरेका छन् ।
कक्षा १२ पश्चात अन्तर्राष्ट्रिय अवसर, निःशुल्क कानूनी परामर्श सेवा, स्वास्थ्य सेवामा सहयोग, अन्तर्राष्ट्रिय र स्थानीय सहकार्यका कार्यक्रम तथा योजना हुन् ।
कुनै पदीय भूमिकामा नहुँदा काम गरेका लामाले एक पटक काठमाडौं महानगर हाँक्ने संकल्प गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को क्यान्डिएट कलबमा नाम प्रवेश गराइसकेका लामाले आफू योग्य भएको विश्वास गर्छन् ।
रास्वपाका सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र शाह र महामन्त्री विपिन आचार्यको नजरमा रहेका लामा नेपालका अन्य दलका नेताहरूसँग पनि राम्रो सम्बध राखेका छन् ।
अमेरिकाको अलावा चीन र भारतीय नेताहरूसँग सम्बन्ध रहेका लामाले बालेन्द्र शाहको पाइलालाई काठमाडौं महानगरमा अगाडि बढाउने योजना रहेको बताए ।
पुख्र्यौली घर सिन्धुपलाञ्चोक रहेका लामा हाल काठमाडौं महानगरवासी हुन् । उनले आफ्नो कोर टीम मार्फत् १ वर्ष अगाडिदेखि चुनावी तयारी थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया