राप्ती– ३ मा मोटरसाइकल र ट्रक दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

भालुबाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ३ बाघढड्डीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

आइतबार राति लु. १ ख ९२४८ नम्बरको ट्रक र प्र.३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले विज्ञप्तिमार्फत् जनाएको छ । मोटरसाइकलमा सवारी घाइते अन्य दुई जनाको बुटवलमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नं. ६ भगवानपुर बस्ने वर्ष ३० का प्रवीन चौधरीको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको भालुबाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । घाइते हुनेमा सोही मोटरसाइकलमा सवार राप्ती गाउँपालिका– ३ मसुरिया निवासी अन्दाजी वर्ष १६ का निशु चौधरी र सोही ठाउँकी वर्ष १९ कि करिना चौधरी रहेका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Monday, 2026 November 2, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया