दाङमा प्रहरीद्वारा जुवातास खेल्ने समूहलाई पक्राउ
घोराही । जिल्ला प्रहरी कार्यालय, दाङले जुवाको खालबाट नगदसहित ४ जनालाई पक्राउ गरेको जनाएको छ ।
तुलसीपुर उप– महानगरपालिका वडा नं. ६ मा रहेको एकान्त होटेलमा छापामारेर जुवातास खेल्ने समूहलाई पक्राउ गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
जुवातास खेल्दै गरिरहेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय, तुलसीपुरबाट खटिएको प्रहरी टोलीले तास र १ लाख ५९ हजार ५ सय ६० रुपियाँसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका ४ जनालाई जुवा सम्बन्धि कसूरमा जिल्ला प्रशासन कार्यालय, दाडबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा सल्यानको कुमाख गाउँपालिका ५ बस्ने वर्ष २९ को प्रजित पुन मगर, सोही ठाउँ बस्ने वर्ष २९ को प्रवीन रावत, सोही ठाउँ बस्ने वर्ष ३१ को तुल्सीराम के.सी. र सोही ठाउँ बस्ने वर्ष २९ को सुवास वली रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया