कांग्रेसद्वारा नेपाल दलित संघको केन्द्रीय अध्यक्षमा युमनालाई मनोनयन

काठमाडौं । नेपाली कांग्रेस १५औं महधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेपाल दलित संघको अध्यक्षमा युमना विश्वकर्मालाई मनोनयन गरेका छन् ।

तनहुँ कांग्रेसकी नेतृविश्वकर्मालाई दलित संघको केन्द्रीय अध्यक्ष मनोनीत गरिएको हो । पत्रमा विश्वकर्मालाई ६ महिनाभित्र दलित संघको अधिवेशन गर्ने जिम्मेवारी दिइएको उल्लेख छ ।

संयोजक प्रा.डा.कोइरालाले यसअघि नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा श्रृजना मल्ल र नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेका थिए ।

Published : Tuesday, 2026 November 3, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया