तरुण दलका पूर्वअध्यक्ष गुरुङद्वारा कांग्रेसको केन्द्रीय सदस्यको शपथ ग्रहण

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित विद्वान गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार पार्टी कार्यालय, सानेपामा गुरुङले केन्द्रीय सदस्य पदको शपथ लिएका हुन् । नेपाल तरुण दलका पूर्वअध्यक्ष समेत रहेका गुरुङ खुलाबाट केन्द्रीय सदस्य पदमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए ।

तरुण दल हुँदै नेता गुरुङ नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा पुगेका छन् । पार्टीका विभिन्न तहमा काम गर्दै नेता गुरुङ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।

पर्वत जिल्ला निवासी गुरुङले नेपाल तरुण दललाई सशक्त रुपमा अगाडि बढाएका थिए । उनले पार्टीलाई संगठित बनाउन आगामी दिनमा थप भूमिका खेल्ने बताएका छन् ।

Published : Thursday, 2026 October 29, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया