दाङ– १ कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न, सभापतिसहित महाधिवेशन प्रतिनिधिहरू निर्वाचित

लमही । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।

बिहीबार देउखुरी उपत्यकाको लमहीमा सम्पन्न भएको अधिवेशनले क्षेत्रीय सभापतिमा एकराज डिसीलाई सर्वसम्मत निर्वाचित गरेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य सचिव बमबहादुर डिसीले जानकारी दिए ।

अधिवेशनबाट प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को सभापतिमा उमाकान्त डाँगी र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को सभापतिमा प्रकाशकुमार खड्का सर्वसम्मत निर्वाचित भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरू पनि सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटन पूर्व पार्टी सभापति एवम् प्रमुख अतिथि वीरकेश्वरी गौतमले गरेका हुन् ।

अधिवेशनमा नेपाली कांग्रेस दाङका जिल्ला संयोजक गोपालराज शर्माका साथै पूर्वसभापति बीरकेश्वरी गौतम, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य सचिव बमबहादुर डिसी, नेताहरू बद्रीकुमार खड्का, पुष्पा श्रेष्ठ, दाङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति खेमराज विश्वकर्मा, सरस्वता घिमिरे, चुर्ण ओली, शालिग्राम आचार्य, दिलीप आचार्य, अनुराग शाह, प्रकाश खड्का, गोपाल नेपाली, भगवानदास यादव लगायत शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजक उपस्थिति रहेको थियो ।

दाङ क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लालबहादुर बुढाथोकी, शरद पौडेल, उर्मिला चौधरी, योगेश केसी, दुर्गासिंह डाँगी, श्याम पुन, रेखा थापा, सुरेश विक, खुसलराम केसी, अरुणकुमार विसी, टंकेश्वर केसी, डम्बरबहादुर सार्की सर्वसम्मत निर्वाचित भएका छन् ।

घनश्याम केसी, सुना गुरुङ, खुमानन्द भण्डारी, नवाजु अली, विकास बुढाथोकी, सृष्टि घिमिरे, पुरुषोत्तम योगी, सुरेश बुढाथोकी, गुरुप्रसाद केसी, भीमबहादुर डाँगी, मदन नेपाली, भुवन केसी, नुमाकान्त डाँगी, तिलबिक्रम योगी, भगवानदास यादव, धर्मराज केसी, रोहित थापा, दीनानाथ शर्मा सर्वसम्मत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यसअघि, दाङ क्षेत्र नं. १ अन्तर्गतका पालिकाहरूमा पनि अधिवेशन सम्पन्न भइसकेको छ । अधिवेशनबाट लमही नगरपालिकाको नगर सभापतिमा प्रेम खत्री, गढवा गाउँपालिकाको सभापतिमा जीवनारायण चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।

Published : Thursday, 2026 October 29, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया