१५ दिनमा विभिन्न अपराधमा संलग्न १ हजार ३ सय २७ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले यस वर्षको दशैं (असोज २५ देखि कात्तिक ८ गते)को अवधिमा देशभरबाट १ हजार ३ सय २७ जना विभिन्न अपराधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
जसमध्ये ब्यूरोहरूबाट ४ जना, उपत्यकाबाट २ सय ३० जना, कोशी प्रदेशबाट २ सय ४ जना, मधेश प्रदेशबाट २ सय ८९ जना, बागमती प्रदेशबाट १ सय जना, गण्डकी प्रदेशबाट ९१ जना, लुम्बिनी प्रदेशबाट २ सय ३ जना, कर्णाली प्रदेशबाट ६० जना र सुदूरपश्चिम प्रदेशबाट १ सय ४६ जना पक्राउ परेका हुन् ।
यो अवधिमा १ हजार ४ सय २२ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ज्यान सम्बन्धी कसूर अन्तर्गत २ सय ६४, आत्महत्या सम्बन्धी १ सय २६, चोरी सम्बन्धी १ सय ५८, लागुऔषध सम्बन्धी २ सय ७, हातहतियार तथा विष्फोटक पदार्थ सम्बन्धी ८, अपहरण तथा शरीर बन्धक सम्बन्धी ३, आर्थिक अपराध सम्बन्धी ३९, चेक अनादर सम्बन्धी १ सय ८, सामाजिक अपराध सम्बन्धी २ सय ६१, महिला तथा बालबालिका सम्बन्धी १ सय २, सवारी सम्बन्धी १ सय २९, विद्युतीय कारोबार सम्बन्धी ७, लिखित सम्बन्धी ५ र नागरिकता सम्बन्धी कसूर अन्तर्गत ५ वटा मुद्दाहरू दर्ता भएका हुन् ।
गत वर्षको दशैंको अवधिमा ८ सय १ जना पक्राउ परेका थिए । ९ सय ६० वटा मुद्दा दर्ता भएको थियो ।
आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भइरहेको सन्दर्भमा सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ ।
प्रहरीले समुदाय–प्रहरी साझेदारी अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया