कांग्रेसको केन्द्रीय कार्यसमितिमा पूर्वमन्त्री महर्जनको इन्ट्री, लिए केन्द्रीय सदस्यको शपथ
काठमाडौं । बागमती प्रदेश सरकारका पूर्व युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार पार्टी कार्यालय, सानेपामा महर्जनले केन्द्रीय सदस्य पदको शपथ लिएका हुन् । नेपाल तरुण दल हुँदै नेपाली कांग्रेसको राजनीतिमा आएका नेता महर्जन बागमती प्रदेश सभाको सांसद पनि छन् ।
महर्जन खुलाबाट केन्द्रीय सदस्य पदमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए ।
खेलकुदका साथै पार्टीका विभिन्न तहमा काम गर्दै महर्जन केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।
ललितपुर जिल्ला निवासी महर्जन युवाहरूका बीच लोकप्रिय मानिन्छन् । आगामी दिनमा उनले पार्टीलाई संगठित बनाउन सशक्त भूमिका खेल्ने बताएका छन् ।
Published : Thursday, 2026 October 29, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया