प्रधानमन्त्री, गृहमन्त्री र आईजीपीविरुद्ध लाग्ने भाइरसको गृह मन्त्रालयमा पहिचान, निरन्तर मिडिया ट्रायल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइको सरकार गठन भएदेखि निरन्तर प्रहारहरू भइरहेका छन् ।
बालेन्द्र शाहले प्रधानमन्त्री र सुधन गुरुङले गृह मन्त्रालय सम्हालेपछि धेरैलाई मन परेको छैन । उनीहरूलाई कमजोर बनाउन र सरकारको बद्नाम गराउन नेपाल प्रहरीभित्रकै एआईजी तहको एकजना भाइरस तथा बिचौलियाहरू सक्रिय भएरै लागेका छन् ।
शाह र गुरुङलाई व्यक्तिगत रुपमा धेरैलाई मन परेको छैन । बिचौलिाय र भाइरसहरूले प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङलाई असफल बनाउन राज्यका निकाय तथा संयन्त्रहरूमा प्रहार गरिरहेका छन् । प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबीच बिभाजन ल्याउन मिडिया ट्रायलदेखि रास्वपाको विभाजनसम्मका हल्लाहरू फिजाइरहेका छन् ।
प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले सुधारका धेरै कामहरू गरिरहेका छन् । भोटेकोशीको बिपदका बेला प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले सुरक्षा निकायको सहायत तथा समन्वयमा उल्लेखनीय काम गरेका छन् । यो कुरा पनि धेरैलाई मन परेको छैन ।
प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङको निरन्तर आलोचना भइरह्यो । गृहमन्त्री गुरुङलाई त सामाजिक सञ्जाल र केही अनलाइन मिडियाहरूमा निकै बद्नाम गर्ने उद्देश्यका साथ ट्रोल बनाएर प्रस्तुत गरिएको थियो ।
सरकारलाई नेपाल प्रहरीले सबैभन्दा निकट रहेर सहयोग गरिरहेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारलाई मसिनो गरेर सहयोग गरिरहेका छन् । मातहतलाई चेनअफ कमाण्डमा राखेर सरकारको निर्देशन पालना गरिरहेका छन् । आईजीपी कार्कीले शान्ति सुरक्षा बनाइराख्न र सरकार उद्देश्य पूरा गर्न भरपूर प्रयासहरू गरिरहेका छन् ।
प्रधानमन्त्री शाह, गृहमन्त्री गुरुङ र आईजीपी कार्कीबीचको तालमेल पनि धेरैलाई मन परेको छैन । उनीहरूबीच फुट ल्याउन दैनिक सरह मिडिया ट्रायल हुनुका साथै हुँदै नभएका समाचार प्रकाशित हुने गरेका छन् ।
प्रधानमन्त्री, गृहमन्त्री र आईजीपीबीचको सुमधुर सम्बन्धलाई भत्काउन एउटा गिरोह नै सक्रिय भएर लागेको तथ्य बाहिर आएको छ । सरकार र आईजीपी कार्कीविरुद्ध निरन्तर मिडिया ट्रायल गरिरहेको गिरोहका विषयमा गृह मन्त्रालयमा गम्भीर समिक्षा भएको उच्च स्रोतले जनाएको छ ।
गलत तत्वले आईजीपी कार्कीको मनोबल गिराउने प्रयास गरिरहेको छ । प्रहरी संगठनका एकजना एआईजीले नै केही सञ्चारमाध्यममा लगानी नै गरेर समाचारहरू लेखाइरहेका छन् । ती एआईजीले मलेसियामा ५ करोड घुसको रकम लिएको अनौपचारिक चर्चा समेत हुने गरेको छ । ती एआईजीले प्रहरीभित्रका अत्यन्तै गोप्य दस्तावेजहरू सञ्चारमाध्यमहरूमा लिक गराइरहेका छन् । ती एआईजी प्रहरीको ठूलो यूनिटको नेतृत्व सम्हालेको बेला गृहमन्त्री गुरुङकै गोप्य दस्तावेजहरू बाहिर लिक गरिदिएका थिए । सोही कारण गृहमन्त्री गुरुङले पदबाट राजीनामा दिनुपरेको थियो । गृहमन्त्री गुरुङलाई ती एआईजीका विषयमा राम्रोसँग जानकारी छ ।
आईजीपी कार्कीविरुद्ध मिडिया ट्रायल गरेर प्रधानमन्त्री र गृहमन्त्रीसँगको सम्बन्ध बिगार्ने प्रयासहरू भए पनि उद्देश्य पूरा हुनेछैन । यो कुरालाई प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले पनि बुझेका छन् ।
ती एआईजीले पछिल्लो समय केही गोप्य दस्तावेजहरू मिडियामा लिक गराएका छन् । दस्तावेजहरू लिक गराउँदै गर्दा गगन थापा र विश्वप्रकाश शर्मा जोडिएको विषयहरू भनेर ती एआईजीले बाहिर दिएका छैनन् । किन भने ती एआईजी गगन र विश्वप्रकाशसँग पनि निकट मानिन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया