बागलुङ कांग्रेसको अधिवेशन मंसिर २ गते, देउवा र प्रा.डा.कोइरालाले सम्बोधन गर्ने
बागलुङ । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस बागलुङको जिल्ला अधिवेशन मंसिर २ गते निर्णय भएको छ ।
सोमबार महाधिवेशन तयारी समितिले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि मंसिर २ गते गर्ने निर्णय गरेको सभापति एवम् गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले जानकारी दिए ।
अधिवेशन उद्घाटनका लागि नेपाली कांग्रेस १४औं महाधिवेशनका सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइराला लगायतका नेताहरू बागलुङ आउने जिल्ला संयोजक सागर छन्त्यालले जानकारी दिए ।
उनका अनुसार महाधिवेशन अन्तरगत वडा, नगर, प्रदेश, प्रदेश क्षेत्र र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन सम्पन्न गरि जिल्ला अधिवेसनको तयारीमा जुटेको हो । अधिवेशन सम्पन्न गर्नका लागि वसभिन्न उपसमिति पनि गठन गरिएको उनले बताए ।
ज्ञानेन्द्र गौतमको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, नरेश कँडेलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, शिव आचार्यको संयोजकत्वमा यातायात व्यवस्थापन उसमिति, प्रेम थापाको संयोजकत्वमा सांस्कृतिक व्यवस्थापन उपसमिति, यामबहादुर थापाको संयोजकत्वमा स्वयमसेवक तथा युवा परिचालन उपसमिति, लक्ष्माया पुनको संयोजकत्वमा अतिथि सत्कार उसमिति, केशव थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति र राजनकुमार शाक्यको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन उपसमिति गठन भएको छन्त्यालले बताए ।
पत्रकार भेटघाट कार्यक्रम तयारी समितिका संयोजक सागर छन्त्यालको अध्यक्षता र ज्ञानेन्द्र गौतमको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला सभापति जीतबहादुर शेरचन, पूर्व सभापति मणिभद्र शर्मा कँडेल, दीपेन्द्र थापा लगायतले धारणा राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया