सोमवार, जेठ ११, २०८३
Sunday, May 24th, 2026

एकताका लागि दवाव सिर्जना गर्न कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघका नेता, कार्यकर्ताहरूद्वारा प्रदर्शन

७ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसभित्र एकताको दवाव सिर्जना गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् । आइतबार सानेपास्थित पार्टी कार्यालयमा नेविसंघका नेता तथा कार्यकर्ताहरूले धर्ना दिएका हुन् । उनीहरू पार्टीभित्र आन्तरिक एकता कायम गर्न माग गरेका छन् । नेविसंघको १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप धर्नासहितको विरोध गरिएको जनाएका छन् । नेविसंघका कार्यकर्ताहरूले पार्टी कार्यालयमा...

कांग्रेस कमजोर र फुटाउँदा मातृकाको जे हालत भएको थियो त्यस्तै हुनेछ गगनको अवस्था : केदार कार्की

धनगढी । नेपाली कांग्रेसका नेता केदार कार्कीले गगनकुमार थापाको अवस्था मातृकाप्रसाद कोइरालाको जस्तै हुने चेतावनी दिएका छन् । आइतबार कैलालीको धनगढीमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले...

बदलिएको कांग्रेस जस्तो अनुदानको राजनीतिबाट पलाएका होइनौं, आफ्नै पौरखबाट आएका हौँ : सभापति बलायर

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति बीरबहादुर बलायरले पार्टीको वर्तमान नेतृत्व ठीक ढंगले चल्न नसकेको बताएका छन् । आइतबार कैलालीको धनगढीमा आयोजित नेपाली...

घोटालामा मुछिएका कांग्रेसका जिल्ला सभापति समेत रहेका चतुरबहादुरलाई राखेपले थमायो ५ दिने पत्र

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दविरुद्ध पद दुरुपयोग गरेको लगायतका विभिन्न किसिमका गम्भीर आरोप लागेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले स्पष्टीकरण सोधेको छ...
समाचार

सरकारविरुद्ध सशक्त ढंगले कांग्रेस, एमाले, नेकपा र राप्रपा अगाडि बढ्ने निर्णय

७ घन्टा अगाड
काठमाडौं । नेपाली कांग्रेस, एमालेसहितका विपक्षी दलहरूले आउँदा दिनमा संसदमा अझ सशक्त ढंगले अघि बढ्ने निष्कर्ष निकालेका छन् । आइतबार सिंहदरबारमा कांग्रेस, एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकहरूको संयुक्त बैठकले प्रधानमन्त्री वालेन्द्र शाहले संसदलाई गरिरहेको उपेक्षाको विषयमा गम्भीर छलफल गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्वु ओलीले...

डीआईजी थपलियाद्वारा उत्कृष्ट कार्यसम्पादन गर्ने पर्साका एसपी पाठकलाई सम्मान

जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालयले वैशाख महिनामा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ठ भएको जिल्ला प्रहरी कार्यालय, पर्सालाई प्रशंसापत्र प्रदान गरेको छ । आर्थिक वर्ष...

कांग्रेस बलियो बनाउन अहँकार र व्यक्तिगत स्वार्थ त्यागौं, कौरव विभाजित हुँदा पाण्डवसँग पराजित भए : नैनसिंह महर

धनगढी । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्यलाई समयको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् । आइतबार कैलालीको धनगढीमा...

आईजीपी कार्की लागुऔषधविरुद्दको महाअभियानमा सहभागी, विराटनगरमा विशेष कार्यक्रम

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषधविरुद्दको महाअभियान २०८३ कार्यक्रमको शुभारम्भ गरेको छ । आइतबार बिहान लागुऔषधविरुद्दको महाअभियानमा लागुऔषध दुर्व्यसन मुक्त समाज निर्माण...

नेपाल भ्रमणमा ३७औँ जगद्गुरु शङ्कराचार्य श्री श्री विधु शेखर भारती महास्वामी सनातन

काठमाडौं । शृङ्गेरी शारदा पीठका ३७औँ जगद्गुरु शङ्कराचार्य श्री श्री विधु शेखर भारती महास्वामी सनातन नेपाल आएका छन् । उनी बिहीबार चार्टर फ्लाइटमार्फत...

योगलाई जीवनशैलीसँग जोडेर अगाडि बढाउन आवश्यक छ : मुख्यमन्त्री बानियाँ

चाँगुनारायण । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले योगलाई स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणको आधार भएको बताएका छन् । आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिकालाई...

शिक्षा क्षेत्र राष्ट्रको भविष्य हो : मुख्यमन्त्री बानियाँ

जावलाखेल । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिक्षा क्षेत्र राष्ट्रको भविष्य भएको बताएका छन् । प्याब्सन जिल्ला कार्य समिति, ललितपुरद्वारा आयोजित एसईई परीक्षामा...
अपराध

भदौ २४ को जेनजी आन्दोलनमा फरार ज्यान मुद्दाका प्रतिवादी पक्राउ

२ दिन अगाड
काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रेको मण्डनदेउपुर नगरपालिका–४ छेडा बस्ने सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दीपेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार प्रहरीले भुजेललाई पक्राउ गरेको जनाएको छ । ०८२ वैशाख ३० गते काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित नयाँपाटीमा बलिन्द्रप्रकाश राईलाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा...
कला

रनवे १५ मा सेलिब्रेटी र मोडलहरुको डिजाइन प्रदर्शन

काठमाडौं । दरबारमार्गस्थित होटल याक एण्ड यती शुक्रबार साँझ फेसनमय भयो । झकिझकाउ सजावत सहित आयोजित ‘आईईसी डिजाइनर रनवे –१५’ नाम फेसन शोमा १८ सेलिब्रेटी र मोडल एउटै र्‍याम्पमा फेसनका नयाँ डिजाइन प्रदर्शन गरे । आईईसी कलेजको आयोजना रहेको फेसन...
खेलकुद

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट जेठ १३ देखि हुने

काठमाडौं । बागमती प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता यही जेठ १३ देखि १५ गतेसम्म हुने भएको छ । आइतबार पत्रकार...

बुद्धिचाल महासंघको बिशेष साधारणसभा दोस्रो पटक आह्वान

हेटौँडा । नेपाल बुद्धिचाल महासंघ केन्द्रीय कार्यसमितिले आह्वान गरेको पहिलो पटकको विशेष साधारणसभा मकवानपुरस्थित क्लब हेटौंडाको सभाहलमा जारी रहेको छ । महासंघका...

महासंघका अध्यक्ष तथा महासचिवले अविश्वास प्रस्ताव सामना गर्ने

हेटौँडा । नेपाल बुद्धिचाल महासंघको कार्यसमिति बैठकले निर्णय गरे बमोजिम महासंघको विशेष साधारणसभा आइतबार क्लब हेटौँडा, हेटौँडा उपमहानगरपालिका वडा नं. ४, मकवानपुरमा...

क्रिकेटमा नेपालसँग अमेरिका विशाल अन्तरले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ नेपालले अमेरिकालाई एक सय २२ रनको विशाल अन्तरले हराएको छ । शुक्रबार काठमाडौंको कीर्तिपुरमा सम्पन्न एकदिवसीय...
अर्थ

चन्द्र ढकालको समूहलाई हराउँदै महासंघमा अञ्जनकुमार समूहको जबरजस्त जित

३ हपता अगाड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जनकुमार श्रेष्ठ पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघको केन्द्रीय कार्यालय, टेकु, काठमाडौंमा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । तथापि,...

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

३ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...