दाङ कांग्रेसको अधिवेशन १५ र १६ गते हुने, विभिन्न उपसमितिहरू गठन
घोराही । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत दाङ जिल्ला अधिवेशन यही कार्तिक १५ र १६ गते सम्पन्न हुने भएको छ ।
शुक्रबार घोराहीमा बसेको नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिको बैठकले जिल्ला अधिवेशन भब्यताकासाथ सम्पन्न गर्ने निर्णय गरिएको सदस्य सचिव पूर्ण मल्लले बताए । नेपाली कांग्रेसका जिल्ला संयोजक गोपालराज शर्माको संयोजकत्वमा तयारी समिति गठन भएको छ । समितिमा तीनै क्षेत्रका सभापतिहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू पालिका सभापतिहरू सदस्य रहेको १५१ सदस्यीय तयारी समिति गठन गरेको सदस्य सचिव मल्लले बताए ।
बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरू पनि गठन भएका छन् । हल मञ्च तथा झाँकी ब्यवस्थापन उपसमितिमा पूर्ण मल्ल, दामोदर केसी, बिक्रमशम्शेर महरा र चुर्णबहादुर वली रहने गरेर उपसमिति गठन भएको छ ।
भोजन ब्यवस्थापन उपसमितिमा बद्रीकुमार खड्का, सरस्वता घिमिरे, दिलिप आचार्य, खेमराज बिश्वकर्मा रहेका छन् । उक्त कार्यक्रमको समुद्घाटन नेपाली कांग्रेस लुम्बिनी प्रदेश संयोजक तथा केन्द्रीय सदस्य गेहेन्द्र गिरीले गर्नेछन् ।
नेपाली कांग्रेस दाङको जिल्ला अधिवेशनमा उपस्थितिका लागि संयोजक शर्माले आह्वान गरेका छन् । सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरू, वडा तथा पालिका सभापतिहरू, क्षेत्रीय सभापतिहरू, महाधिवेशन प्रतिनिधिहरू, महासमिति सदस्यहरूलाई अधिवेशनमा सहभागी हुन संयोजक शर्माले आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया