कतारमा खुल्यो पहिलो पटक दोहोरी साँझ
दोहा । ईदको अबसर पारेर कतारमा पहिलो पटक नेपाली व्यवसायीले दाहोरी साँझ संचालनमा ल्याएका छन् ।
दोहाको ओल्ड सलातास्थित बेस्ट वेस्टर्न होटलको १४ तल्लामा हिजो ५ जुनमा एनआरएनए मध्यपूर्वका उपसंयोजक समेत रहेका युवा व्यवसायी प्रवीन गुरुङ र उनकी धर्मपत्नी सरिता गुरुङले संयुक्त रुपमा उद्घाटन गरेसँगै उक्त दोहोरी साँझ सँचालनमा ल्याइएको हो ।
उद्घाटन कार्यक्रममा नेपाली लगायत अन्य मुलुकका नागरिकहरूको भब्य उपस्थिती रहेको थियो । रेस्टुरेन्टको नाम एसियाना दोहोरी एण्ड गजल रेस्टुरेन्ट बार रहेको छ ।
करीव ४ लाखको हारहारीमा कतारमा रहेका नेपालीहरूलाई नेपाली कला संस्कृति झल्किने गरी भरपुर मनोरञ्जन दिने उदेश्यका साथ उक्त रेस्टुरेन्ट संचालनमा ल्याइएको सन्चालक गुरुङले जानकारी दिए ।
नेपालको कला, संस्कृति एवम् पर्यटकीय स्थलहरू झल्काउनका लागि दोहोरी साँझमा थ्रीडी आर्ट समेत गरिएको छ ।
सन्चालक गुरुङले भने, ‘हामी व्यापार व्यबसायको सिलशीलामा कतारमा छौं तर, हामीले आफ्नो जन्मभूमिलाई कहिल्यै पनि भुलेका छैनौं । भुल्दैनौं पनि । नेपाली कला र संस्कृतिलाई बिदेशमा समेत झल्काउन र प्रर्द्धन गर्नका लागि दोहोरी साँझ सँचालन गरिएको हो ।’
रेस्टुरेन्टमा वान डे पेन्टिङ आर्ट एण्ड डेकोरले आर्ट एण्ड डेकोरको काम गरेको छ । रसिया र इटालीमा आयातित रङबाट वान डे पेन्टिङ आर्ट एण्ड डेकोरले काम गर्दै आएको छ ।
यसमा तपाइको मत