मुस्लिमहरूलाई कांग्रेसले दियो शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ईस्लाम धर्मावलम्बीको पवित्र पर्व ‘ईद उलफित्र’का अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुःख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले बुधबार एक शुभकामना सन्देशमार्फत ईद उलफित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक संहिष्णुता र सद्भावना बढाउँदै आएको र यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

‘लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा ईस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईको महत्वपूर्ण योगदान रहँदै आएको छ’, देउवाले भनेका छन्, ‘लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीबहिनी तथा दाजुभाई अझ बढी जिम्मेवार रहनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

‘ईद उलफित्र’ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने विश्वासका साथ सभापति देउवाले शुभकामना व्यक्त गरेका छन् ।

Published : Wednesday, 2019 June 5, 11:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया