यी हुन् छोरालाई मन्त्रालयको २० करोड दिने धुन्दुकारी मन्त्री

जनकपुर । प्रदेश २ का एकजना मन्त्रीले मन्त्रालयको बजेट रकमान्तर गरी आफ्नो छोरा मेयर रहेको नगरपालिकालाई दिएको खुलासा भएको छ ।

प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरी छोरा मेयर रहेको नगरपालिकालाई दिएका हुन् । उनले २४ करोड रुपियाँ फुटकर योजनामा विनियोजन गरेका छन् ।

मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको ७० करोड रुपियाँ फुटकर योजनामा रकमान्तर गरेको छ ।

सप्तरीको हनुमाननगर नगरपालिकामा मात्रै २४ करोड रुपियाँ फुटकर विनियोजन गरिएको छ ।

हनुमाननगर नगरपालिकाका मेयर शैलेशकुमार साह मन्त्री नवलकिशोरका जेठो छोरा हुन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) बाट बाबुछोराले चुनाव जितेका हुन् । छोरा मेयर रहेको हनुमाननगर नगरपालिका मन्त्री साहको संसदीय क्षेत्र पनि हो ।

Published : Wednesday, 2019 April 17, 12:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया