राप्ती वस समितिको टिकट देखाउँदा अस्पतालमा छुट

घोराही । दाङको राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिमा चल्ने सवारी साधनमा टिकट लिएर यात्रा गरे उपचारमा दश प्रतिशत छुट हुने भएको छ ।

राप्ती समितिबाट कुनै पनि रुटहरूमा यात्रा गर्दा लिएको टिकटमा उपचारमा छुटको व्यवस्था गरिएको छ ।

समितिको टिकट काटेर यात्रा गरेमा यात्रुहरूलाई काठमाडौंमा रहेको मेट्रो हस्पिटल प्रा.लिमा उपचार गराउँदा दश प्रतिशत छुट पाइनेछ ।

समितिका अध्यक्ष सुरेश हमाल र मेट्रो हस्पिटलका सञ्चालक प्रकाश ओलीबीच भएको सहमतिअनुसार हस्पिटलले दिने ओपीटी, शल्यक्रिया, आईसीयुलगायतका सबै सेवाहरूमा बिरामीलाई एक पटकमा दश प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

पहिलो चरणमा बिरामीहरूलाई केही राहतको महशुस गराउन राप्ती समिति र हस्पिटलबीचमा एक वर्षका लागि सम्झौतामा पत्रमा हस्ताक्षर गरिएको समितिका प्रशासनिक सचिव नारायण न्यौपानेले बताए ।

Published : Tuesday, 2019 April 16, 3:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया