दाङको सिसहनियाँमा आगलागी, एक जनाको मृत्यु

घोराही । दाङ जिल्लामा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ ।

सोमबार साँझ करीव साढे छ बजे आगलागी हुँदा राप्ती गाउँपालिका ७ छोट्की सिसहनियाँ बस्ने ८० वर्षीय जिउरखन चौधरीको जलेर मृत्यु भएको हो ।

घरभित्र खटियामा एक्लै सुतिरहेको बेला चौधरीले बालेको मछड धुप खाटको कपडामा सल्किन जादा आगलागी भई घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा अन्य कुनै क्षति केही भएको छैन ।

Published : Tuesday, 2019 April 16, 7:03 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया