गौशालाको विश्वास कम्प्लेक्समा खुल्यो परेली गजल रेष्टुरेन्ट, के–के छ विशेषता ?

काठमाडौं । काठमाडौंको गौशालामा सुविधा सम्पन्न गजल रेष्टुरेन्ट खुलेको छ ।

गौशाला चोकबाट बत्तीपुतलीतर्फ आउँदा मूल सडकमा रहेको विश्वास कम्प्लेक्समा ‘परेली गजल साँझ’ खुलेको हो । युवा व्यवसायी एलएन गौतमले गजल साँझ खोजेका हुन् ।

नयाँ वर्ष २०७६ सालको पहिलो दिन विशेष कार्यक्रम गरी वैशाख १ गते अर्थात आइतबार बेलुका ‘परेली गजल साँझ’को उदघाटन गरिएको छ ।

विश्वास कम्प्लेक्सको दोस्रो तलामा रहेको ‘परेली गजल साँझ’को आफ्नै प्रसस्त पार्किङको व्यवस्था छ । पार्किङमा ग्रहाकलाई कुनै पनि शुल्क लाग्दैन । ग्राहकहरूको सुरक्षाका लागि आफ्नै सुरक्षाकर्मी र सिसी क्यामराको व्यवस्था गरिएको गौतमले बताएका छन् ।

युवा व्यवसायी गौतमले गौशाला क्षेत्रमा ग्राहकलाई राम्रो र स्तरीय सेवा दिने गजल साँझ नरहेकाले आफूहरूले ग्राहकको चाहना बमोजिम रेष्टुरेन्ट खोजेको जानकारी दिए ।

‘व्यवसाय गर्नुपर्छ’, उनले भने, ‘अहिलेका ग्राहकहरूको भावना बुझेर । सबैको सरसल्लाहअनुसार गजल रेष्टुरेन्ट खोलेका छौँ ।’

‘परेली गजल साँझ’मा अत्याधुनिक साउण्ड सिस्टम, बाद्यवादन, राम्रा गायक कलाकारहरूलाई राखिएको छ । ‘परेली गजल साँझमा पारिवारिक वातावरणको व्यवस्था छ’, गौतमले भने, ‘केही कमिकमजोरी भएमा त्यसलाई सुधार गर्दै लैजाने छौँ ।’

गजल साँझको उदघाटनमा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने, कांग्रेसका युवा नेताहरू ऋषि पुरी, कृष्ण सापकोटा, नेकपाका नेता हरि पोखरेलसहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली सेनाका पूर्व कर्णेल एवम् गीतकार राजेन्द्र थापा, गायक यम बराल, गायिका अञ्जु पन्त, गायक सरिता खनाल, बसन्ता प्रकृतिसहितका कलाकारहरूको पनि उपस्थिति रहेको थियो ।

नेपाली फिल्मका ट्रेलर सम्पादक साहिल खान, निर्देशक बीबी फुयाँलसहितका कलाकारहरूको पनि कार्यक्रममा उपस्थित रहेका थिए ।

विश्वास कम्प्लेक्सभित्र कपडा, कस्मेटिक, व्यूटिपार्ललर, एटीएम, रेष्टुरेन्ट, गेष्ट हाउस, फास्टफुड लगायतका पसलहरू रहेका छन् ।

Published : Monday, 2019 April 15, 10:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया