कम्युनिस्ट सरकारले ट्याक्स नै ट्याक्स लगायोः शेरबहादुर देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले अहिलेसम्म कुनै क्षेत्रमा राम्रो काम नगरेको आरोप लगाएका छन् ।

आइतबार धनगढीमा आयोजित कार्यक्रममा देउवाले देशमा हत्या, हिंसा, बलात्कार, महंगी, कर सबै बढेको भन्दै सरकारले कुनै क्षेत्रमा राम्रो काम गर्न नसकेको बताए ।

‘हत्या, हिसा, बलात्कार बढेको छ’, सभापति देउवाले भने ‘निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई बचाउने समेत काम गरेको छ ।’

अहिले महंगी बढ्नुका साथै जताततै कर तिर्नुपर्ने बाध्यताले नागरिक आक्रान्त भएको पनि सभापति देउवाले बताए ।

‘महंगी बढेको छ, जहाँ पनि ट्याक्स नै ट्याक्स लगाएको छ’, उनले भने ,‘शिक्षामा पनि हस्तक्षेप गरेको छ ।’

सामान्य काम गरेर खाने नेपालीहरूलाई करको भार थोपर्ने काम अहिलेको सरकारले गरिरहेको उनले बताए ।

सभापति देउवाले गफ मात्रै गर्ने तर कामको सिन्को नभाँच्ने प्रवृत्ति सरकारमा देखिएको बताए ।

कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न किन नसकेको भन्ने प्रश्नमा देउवाले सत्तारुढ पार्टीले नै प्रतिपक्षको भूमिका निर्वाह गरेको भन्दै ठट्टा गरेका छन् ।

सरकारले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय लगायत शिक्षा क्षेत्रमा हस्तक्षेप गरेको देउवाले आरोप लगाए ।

Published : Sunday, 2019 April 14, 2:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया