नेपालको कदमले परिस्थिति र वास्तविकतालाई परिवर्तन गर्दैन : विदेशमन्त्री जयशंकर

काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सालाई एक सय रुपियाँका नोटमा समावेश गर्ने नेपालको निर्णयलाई भारतीय विदेशमन्त्री एस.जयशंकरले नेपालको यो कदमले परिस्थिति र वास्तविकतालाई परिवर्तन नगर्ने बताएका छन् ।
शनिबार भारतको भुवनेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जयशंकरले भने, ‘हाम्रो अडान एकदम स्पष्ट छ । नेपालसँग हाम्रो सीमाका विषयमा स्थापित मञ्चमार्फत छलफल भइरहेको छ ।’
‘त्यसको बीचमा, तिनीहरूले एकतर्फी रूपमा आफ्नो पक्षमा केही उपायहरू गरे’, जयशंकरले भनेकाे द ईण्डियन एक्प्रेसले उल्लेख गरेको छ ।
प्रचण्ड सरकारको बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले नयाँ नोटबारे निर्णय गरेको थियो । नेपाल सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले १ सय रुपियाँको नोटमा चुच्चे नक्सा समावेश गर्ने निर्णय गरेको बताएकी थिइन् ।
मन्त्रिपरिषदको निर्णयलाई नेपाल बैंक राष्ट्रमा पठाइनेछ । नयाँ नोट छाप्न एक वर्ष लाग्न सक्छ । राष्ट्र बैंकले गुणस्तरीय नोट छाप्न टेन्डर निकाल्नुपर्नेछ ।
राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले भने, ‘सरकारको यो निर्णय अत्यन्तै अनुपयुक्त समयमा आएको हो र यसको ठूलो असरलाई नचिनेर आएको हो ।’
पूर्वगभर्नर नेपालले भने, ‘केही भू–भागमा भारतसँग नेपालको विवाद हुनु एउटा कुरा हो । तर, दुई छिमेकीलगायत अन्तर्राष्ट्रिय निकायले मान्यता दिएकोभन्दा फरक नक्सा मुद्रामा छाप्नु मूर्खतापूर्ण कुरा हो ।’
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया