तरुण अध्यक्ष गुरुङद्वारा एमालेका छाउरा योगेश भट्टराईलाई औकातमा बस्न चेतावनी

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले एमालेका नेता एवम् सांसद योगेश भट्टराईको अभिव्यक्तिको आलोचना गरेका छन् ।

बिहीबार साँझ अध्यक्ष गुरुङले सामाजिक सञ्जालमार्फत नेपाल तरुण दललाई क्लब भनेर एमाले सांसद भट्टराईले गरेको टिप्पणीको आलोचना गरेका हुन् । उनले तरुण दललाई सामान्य रुपमा नलिने एमालेका छाउराहरुलाई सचेत गराएका छन् ।

अध्यक्ष गुरुङले भने, ‘माननीय योगेश भट्टराईज्यू, नेपाल तरुण दल कुनै क्लब होइन लोकतन्त्रको अभ्यास गर्ने संसदको सवैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठन हो । हेक्का रहोस् । जय नेपाल ।’

बिहीबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै एमालेका सांसद भट्टराईले नेपाल तरुण दललाई क्लब भने होच्याउने हर्कत गरेका थिए । भट्टराईको अभिव्यक्तिको अध्यक्ष गुरुङले प्रतिवाद गरेका छन् ।

Published : Thursday, 2024 May 16, 11:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया