संसदीय समिति आइतबारसम्म बनाउन प्रयास भइरहेको छ : प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका विषयमा सहमतिको प्रयास भइरहेको बताएका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसंग कुरा गर्दै डा.महतले छानबिन समिति गठनका विषयमा प्रधानमन्त्रीसंग निरन्तर छलफल भइरहेको बताए । उनले आइतबारसम्म एउटा सहमतिमा पुग्न सकिने बताएका छन् ।

गृहमन्त्री रवि लामिछाने लगायत अन्य समस्याग्रस्त सहकारीका विषयमा अध्ययन गर्ने गरि समिति बनाउनुपर्ने डा.महतले बताएका छन् ।

गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा संलग्न भएको स्पष्ट रहेको भन्दै डा.महतले पावरका भरमा कसैले पनि उन्मुक्ति पाउन नहुने बताएका छन् ।

डा.महतले कांग्रेसले उठाएका विषयमा गम्भीर नभएकै कारण लगातार सदन अवरुद्ध हुन पुगेकाले सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको हो की भन्ने आशंका उत्पन्न हुनु स्वाभाविक रहेको बताए ।

विपक्षी दलहरूको बैठकले पनि संसदीय छानबिन समितिबाट पछि नहट्ने निर्णय गरेको प्रवक्ता डा.महतले बताएका छन् ।

Published : Friday, 2024 May 17, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया