देउखुरीको बनगाउँमा दुई बस ठोक्किए, २२ जना घाइते

लमही । दुई वटा बस दाङको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा ठक्कर खाँदा २२ जना यात्रु घाइते भएका छन् ।

बुधबार मध्यान्ह ११ बजेर ४० मिनटमा देउखरीस्थित लमही नगरपालिका ३ बनगाउँमा घोराहीबाट बुटवलतर्फ जाँदै गरेको रा १ ख २५८१ नम्बरको बस र बुटवलबाट बर्दियातर्फ जाँदै गरेको लु १ ख ७३३६ नम्बरको बस एकआपसमा ठक्कर खाएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ । घाइतेको लमही अस्पतालमा प्रारम्भीक उपचार भएको छ ।

दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका १५ का ५० वर्षीय विनोद पौडेल, राप्ती गाउँपालिका २ की ७८ वर्षीय चन्द्रकमला क्षेत्री, र ४७ वर्षीय घनश्याम थापा क्षेत्री, रुपन्देहीको देवदह नगरपालिका ४ का ५३ वर्षीय रुद्रप्रसाद पौडेल, बुटवल ११ की ४२ वर्षीय पार्वती अर्याल रहेका छन् ।

रोल्पाको थवाङ गाउँपालिका ३ का दीपेन्द्र बुढा मगर र उनका १० महिनाका छोरा सुमन बुढा मगर, कपिलवस्तुको बुद्धभूमि नगरपालिका ईमिलियाका वर्ष ३४ की टीका बिक, र उनको ९ वर्षीया छोरी निर्मला बिक, रा १ ख २५८१ नम्बरको बस चालक दाङको गढवा गाउँपालिका २ का ३८ वर्षीय लक्ष्मण थारु घाइते भएका छन् ।

कपिलवस्तुको विजय गाउँपालिका १ बस्ने वर्ष ६२ का थमन विष्ट, रुपन्देहीको शुद्धोधन गाउँपालिका ३ का २५ वर्षीया सृष्टि खनाल, सोही ठाउँ बस्ने वर्ष ५ का अन्शु खनाल, दाङको राप्ती गाउँपालिका १ बस्ने वष ८२ का हुमबहादुर राना, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका २ की २३ वर्षीया विश्वकुमारी थापा पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार दाङको लमही नगरपालिका ६ बस्ने वर्ष ४० को गोविन्द पाण्डे, बर्दियाको भुरीगाउँ बस्ने मनीषा थारुको डेढ वर्षीया छोरी गृष्मा थारु, रुपन्देहीको सैनामैना नगरपालिका ४ का ५७ वर्षीय तुलवीर विष्ट पनि घाइते भएका छन् ।

पाल्पाको तानसेन नगरपालिका १० की ३२ वर्षीया सविता न्यौपाने र वर्ष ९ की स्वस्तिका न्यौपाने, प्यूठानको झिम्रुक गाउँपालिका ४ की २८ वर्षीया तुल्सा बुढाथोकी, कपिलवस्तुको विजयनगर गाउँपालिका १ का ८० वर्षीय शंकरबहादुर रोका र दाङको राप्ती गाउँपालिका २ की ७० वर्षीया शिवादेवी राउत क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2024 April 3, 2:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया