सर्वोच्च अदालतका न्यायाधीश र वकिलहरूसहित ५० जनालाई कोरोना संक्रमण
काठमाडौं । सर्वोच्च अदालतका २४ जना न्यायाधीशहरूलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले न्यायाधी मीरा खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।
कोरोनाको संक्रम भएको आशंकामा आइतबार ३० जना कर्मचारीले परीक्षण गराएका छन् । उनीहरूमध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएको प्रवक्ता दाहालले बताए ।
न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको छ ।
कर्मचारीमा कोरोना पुष्टि भएसँगै पेसी व्यवस्थापनदेखि रिट निवेदन दर्ता, रुजु लगायतका काममा समस्या परेको छ ।
नेपाल बार एसोसिएसनमा आबद्ध विभिन्न वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल र कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरू सबिता भण्डारी, भीमसेन बञ्जारा, राजेश्वर अधिकारी लगायत २० जनाभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया