कांग्रेस उप–सभापति नितुद्वारा अति विपन्न परिवारलाई कम्बल वितरण
बेलबारी । नेपाली कांग्रेसकी युवा नेतृ नितु थापा कोइरालाले अति विपन्न परिवारलाई चिसोबाट बच्नका लागि ओढ्ने (ब्ल्याङकेट) वितरण गरेकी छिन् ।
आइतबार कांग्रेस नेतृ थापाले मोरङ जिल्लाको बेलबारी नगरपालिका–६ का विपन्न परिवारलाई कम्बल वितरण गरेकी हुन् ।
अत्याधिक चिसो बढेपछि वडा नं. ६ का अति विपन्न परिवारहरू समस्यामा थिए । उनीहरूलाई सानो सहयोग होस् भनेर कम्बल वितरण गरेको थापाले बताएकी छिन् ।
नेपाली कांग्रेसको बेलबारी नगर कार्यसमितिकी उप–सभापति समेत रहेकी नेतृ थापाले अति विपन्न २० परिवारलाई कम्बल वितरण गरेको जनाएकी छिन् । उनले बालबालिकालाई विस्कृत पनि वितरण गरेकी थिइन् ।
कांग्रेस नेतृ थापा श्रमिक महिला समूह बेलबारीकी अध्यक्ष पनि हुन् ।
थापाले बेलाबेला विपन्न परिवारलाई विभिन्न सहयोग गर्दै आएकी छिन् । कांग्रेसको राजनीतिमा सक्रिय रहेकी थापाले आफूलाई समाजसेवामा केन्द्रित बनाउने गरेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया