बालकोटमा तास खेल्ने जुवाडेहरू पक्राउ

भक्तपुर । प्रहरीले भक्तपुर जिल्लामा तास खेलिरहेको समूहलाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–३ बालकोट महेन्द्र शान्ति चोक नजिक बस्ने ४४ वर्षीय रामबाबु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा रानाभाट लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ४ सय ५५ रुपियाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

Published : Friday, 2022 January 14, 12:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया