कस्तो आयो प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री देउवाले दुई पटक कोरोना परीक्षण गराएका थिए ।

अघिल्लो रिपोर्ट नेगेटिभ आएपनि देउवाले कोरोनाभाइरसको फेरि परीक्षण गराएका थिए ।

देउवाको दोस्रो रिपोर्ट समेत नेगेटिभ आएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाको सचिवालयका कर्मचारीहरूमा कोरोनाको संक्रमण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढिरहेको छ । बिहीबार मात्र नेपालमा ३५५३ जना संक्रमित थपिएका छन् ।

Published : Thursday, 2022 January 13, 11:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया