दाङको राप्तीमा कांग्रेसको चार वटा टोलमा कार्यसमितिहरू गठन

मसुरिया । नेपाली कांग्रेस दाङको राप्ती गाउँपालिका–१ अन्तर्गत शान्तिपुर, भालुवाङ, पुल्चोक, पाखापानीमा टोल कार्यसमितिहरू गठन गरिएको छ ।

नेपाली कांग्रेस राप्ती गाउँपालिका– १ ले गरेको कार्यक्रमअनुसार टोल कार्यसमितिहरू गठन भएका हुन् ।

वडा सभापति पदमबहादुर पुनको सभापतित्वमा भएको कार्यक्रममा लालमहोम्मद मियाको प्रमुख आथित्यतामा टोल समितिहरू गठन गरिएको थियो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी, चन्द्रबहादुर जिसी, हरि भुसाल, ताराबहादुर डिसी, विष्णुबहादुर घर्ती क्षेत्रीको उपस्थिति रहेको थियो ।

सचिव तीर्थराज ज्ञवाली, संगठन विभाग संयोजक सुरेन्द्र भुसाल, कोषाध्यक्ष पूर्णजंग रेश्मी मगर, श्यामलाल पोखरेल, कर्णबहादुर केसी, कविता कामी, सुशील बस्नेत, महेन्द्र केसी, जमीर शाह, तीलादेवी चुहान, भास्कर श्रेष्ठ, कर्णबहादुर पौडेल, भीमबहादुर कुमाल, बालाराम कुमाल, बासुदेव पण्डित लगायतको उपस्थिति रहेको थियो ।

शान्तिपुर टोल कार्यसमितिको सभापतिमा टीका मगर चयन भएका छन् । उप–सभापतिमा तीलादेवी चुहान र केशरबहादुर कुमाल, सचिवमा छविलाल बाकवल, सह–सचिवमा बेधबहादुर कुमाल र कृष्ण कुमाल चयन भएका छन् ।

सदस्यहरूमा खडकबहादुर रावत, गणेशबहादुर श्रेष्ठ, नैनध्वज तामाङ, निरकुमारी बाकवल, मीना मगर, चिजमानी क्षेत्री, कुलवीर पुन, दलवीर दर्लामी मगर, अनन्तबहादुर कुमाल चयन भएका छन् ।

कांग्रेसको भालुवाङ टोल कार्यसमितिको सभापतिमा तेजबहादुर पुन चयन भएका छन् ।

उप–सभापतिमा किशोरप्रसाद शर्मा र श्याम झाक्री मगर, सचिव पुष्पा पोखरेल र रेशम मल्ल, सह–सचिव रामलाल विष्ट र सावित्री खत्री, कोषाध्यक्षमा हीराबहादुर पुन चयन भएका छन् ।

सदस्यहरूमा जुदु नेपाली, झवी थापा, चित्रबहादुर पाण्डे, अवदुल वकिल, मोहनबहादुर जिसी, शिवदयाल बनिया, त्रिभान गुप्ता, शुभाष बस्नेत, अभिनाष बस्नेत, दुर्गा पन्थी, राजु केसी, स्वस्था थापा, मुना केसी, कल्पना केसी, श्यामा रेश्मी मगर, पुष्पा भुसाल, अनिल गुप्ता चयन भएका छन् ।

पुलचोक टोल कार्यसमितिको सभापतिमा दीपेन्द्र जिसी चयन भएका छन् ।

उप–सभापतिमा मीना बरवती र मीना थापा, सचिवमा शारदा केसी र भरत पौडेल, सह–सचिवमा तुलसा केसी र बसन्त रावत, कोषाध्यक्षमा अमृता परियार चयन भएका छन् ।

सदस्यहरूमा कल्पना घर्ती, मेनुका जिसी, ईमा गुरुङ, सुशील कार्की, डिलु गिरी, बसन्त पोखरेल, रामबहादुर खड्का, रीतु राणा, गुलाम वारिस, सुशीला परियार, सरस्वती बस्नेत, माधव पोखरेल, बसन्त फेवाली, बसन्त पोखरेल, बन्दना थापा, रीता बस्नेत र ईन्द्रकुमारी डाँगी चयन भएका छन् ।

पाखापानी टोल कार्यसमितिको सभापतिमा कृष्णा पोखरेल चयन भएका छन् ।

उप–सभापतिमा देवा बोहरा र जीवलाल सुबेदी, सचिवमा विष्णु कुमाल र दामोदर नुमानन्द पौडेल, सह–सचिव लीला बेलवासे र रविन कुमाल, कोषाध्यक्षमा डाइमन्ड पौडेल चयन भएका छन् ।

सदस्यमा विष्णादेवी कुमाल, भदी चौधरी, रेश्मी परियार, महेन्द्र गुप्ता, स्याम पोखरेल, टेकबहादु गुरुङ, फत्तबहादुर थापा, कालुराम कुमाल, भेषराज सारु, लक्ष्मण कुमाल, कासीराम चौधरी, जीवन सुबेदी, बंकर अधिकारी र दानीसरा राना चयन भएका छन् ।

Published : Wednesday, 2022 January 5, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया