कांग्रेस सभापति खड्काले इलाममा भत्काइदिए एमालेको कथित किल्ला

इलाम । नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले एमालेका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

युवा नेता समेत रहेका सभापति खड्काले एमालेका सयौं नेता कार्यकर्तालाई कांग्रेसमा स्वागत गरेका हुन् ।

नेपाली कांग्रेस माइजोगमाइ गाउँपालिका–५ सोयाङको आयोजनामा सम्पन्न कार्यक्रममा एमाले, माओवादी केन्द्रसहितका बिभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई सभापति खड्काले पार्टीको सदस्यता प्रदान गरेका छन् । खड्काले कांग्रेसलाई जिताउने गरेर संगठन निर्माणमा जुट्न सबैसँग आग्रह गरेका छन् ।

इलाममा एमालेले आफ्नो दब्दबा कायम राखेका बेला सभापति खड्काले एमालेका स्थानीय नेता कार्यकर्तालाई धमाधम कांग्रेसमा प्रवेश गराएका छन् ।

दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा सुवासचन्द्र नेम्वाङ र झलनाथ खनाल एमालेबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

नेम्वाङ र खनालले इलाममा विकासको नाममा सिन्को पनि भाँच्न नसकेका बेला कम्युनिस्टसँग निरास बनेका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

नेम्वाङ एमालेमा छन् । खनालले एमाले पनि छाडेर नयाँ पार्टी गठन गरेर नेकपा (एकीकृत समाजवादी)को नेता बनेर बसेका छन् ।

शनिबार पनि नेपाली कांग्रेस माइजोगमाइ गाउँकार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना आदान प्रदान कार्यक्रममा पनि एमाले र माओवादीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

Published : Wednesday, 2022 January 5, 12:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया