गगन थापा हेलिकप्टरमा उडेर गए

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाल हेलिकप्टर चढेर कार्यक्रमलाई सम्बोधन गर्न अर्घाखाँची प्रस्थान गरेका छन् ।

सोमबार पाणिनी गाउँपालिकाको दुर्गाफाटमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन थापा हेलिकप्टरमा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

थापाको चढेको हेलिकप्टरको भाडा कसले तिरेको छ केही भनिएको छैन । हेलिकप्टरले अर्घाखाँची जान घण्टाको कम्तीमा एक लाख रुपियाँ लिने गर्छ ।

थापासँग केन्द्रीय सदस्य पुष्पा भुसाल, केन्द्रीय सदस्य सञ्जयकुमार गौतमसहितका नेताहरू काठमाडौंबाट अर्घाखाँची प्रस्थान गरेका छन् ।

Published : Monday, 2022 January 3, 12:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया