कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै
काठमाडौं । नेपाली कांग्रेसले आज ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ ।
कांग्रेसले पुस १६ गते प्रत्येक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।
वीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर भारतको निर्वासित जीवन छाडेर स्वदेश आएका थिए ।
वीपीको मेलमिपालको नीतिलाई साथ दिँदै गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसाई र खुमबहादुर खड्कासहितका नेताहरू आठ वर्ष निर्वासित जीवन बिताएर २०३३ पुस १६ गते स्वदेश फर्केका थिए ।
सोही दिनको स्मरणमा कांग्रेसले मेलमिलाप दिवस मनाउने गरेको छ ।
Published : Friday, 2021 December 31, 10:16 am
फेसबुकबाट तपाईको प्रतिक्रिया