कांग्रेसले तीन तहको चुनावमा बहुमत ल्याउँछ : नेता भण्डारी
बदिन्पुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तीन तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् ।
बुधबार गृहजिल्ला तनहुँको बन्दिपुर गाउँपालिकाको नाहालामा पार्टीका नेता कार्यकर्तासंगको भेटका पूर्वमन्त्री समेत रहेका भण्डारीले कांग्रेसले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन जित्ने बताए । उनले १४औँ महाधिवेशनपछि कांग्रेसमा नयाँ उर्जा, जोश र जाँगर थपिएको बताए ।
महाधिवेशनको स्प्रिटअनुसार नेता कार्यकर्ताले कांग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्ने बताए । उनले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
उनले महाधिवेशनको आन्तरिक प्रतिस्पर्धालाई भुलेर कांग्रेसलाई जिताउन सबै एक भएर लाग्नुपर्ने बताएका छन् ।
कांग्रेसले चुनावमा पराजय भोग्दा सिङ्गो मुलुकले हार्नुपरेको बताएका नेता भण्डारीले जनताले कांग्रेसलाई रुखमा भोट हालेर विजयी बनाउने बताए ।
कम्युनिस्टको भ्रममा परेर जनताले एमाले र माओवादीलाई झण्डै दुईतिहाइको बहुमत दिएको बताएका कांग्रेसका नेता भण्डारीले कम्युनिस्टलाई मत दिएका जनताहरू अहिले आएर पछुताएको बताए ।
कांग्रेसले जित्यो भने जनतालाई पछुताउने गरेर कुनै पनि काम नगर्ने उनले बताएका छन् ।
नेता भण्डारीले तनहुँ जिल्लाको विकासका लागि आफूले जहिले पनि प्रथामिकता दिएको भन्दै भोलिका दिनमा पनि जनताको सेवा गर्ने बताए ।
शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्यालय र टेलिफोनलाई जिल्ला व्यापी रुपमा विस्तारका लागि आफूले विशेष भूमिका निर्वाह गरेको नेता भण्डारीले बताएका छन् ।
बन्दिपुर गाउँपालिका– १ वडा सभापति देवेन्द्र खनालको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य रामचन्द्र अधिकारी, जिल्ला सदस्यद्वय शिव खत्री, इनकन खनाल र गिरीराज अधिकारीले कांग्रेसलाई गाउँमा बलियो बनाउन आश्यक रहेको बताए ।
कार्यक्रममा विभिन्न दलका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका थिए । १४ जनालाई नेता भण्डारीले कांग्रेसमा प्रवेश गराएका छन् ।
हिन्दूराष्ट्रको एजेण्डा उठाउँदै आएका नेता भण्डारीले केन्द्रीय सदस्य ३५ जनातर्फ लोकप्रिय मत पाएर निर्वाचित भएका थिए । उनको हिन्दूराष्ट्रको एजेण्डालाई कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले रुचाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया