गृहमन्त्री खाण पोखरा आउँदै, दुइटा कार्यक्रममा भाग लिने
पोखरा । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण सडक महोत्सवको उद्घाटन र पार्टीका नेता कार्यकर्ता भेट गर्न पोखरा आउने भएका छन् ।
गृहमन्त्री खाण पुस १५ गते बिहीबार पोखरा आउने कार्यक्रम रहेको छ । पोखरामा हुने दुई वटा कार्यक्रममा खाण सहभागी हुनेछन् ।
रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा आयोजित सडक महोत्सव उ्घाटन गर्न गृहमन्त्री खाण पोखरा आउन लागेका हुन् ।
महोत्सवको उद्घाटनपछि खाणले नेपाली कांग्रेस कास्कीको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
कास्की कांग्रेसले बिहीबार दिउसो ४ बजे पार्टी कार्यालय चिप्लेढुंगामा अगुवा कार्यकर्ता भेला आयोजना राखेको सचिव भानुभक्त ढकालले जानकारी दिएका छन् ।
Published : Wednesday, 2021 December 29, 8:15 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया