ओखलढुंगा कांग्रेसले शुक्रबार मेलमिलाप दिवसको कार्यक्रम गर्ने, सम्बोधन गर्न खतिवडा आउँदै
ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाले ४६औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कार्यक्रम गर्ने भएको छ ।
पुस १६ गते शुक्रबार ओखलढुंगामा हुने कार्यक्रमलाई केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खवितडाले सम्बोधन गर्नेछन् । कार्यक्रममा सहभागी हुन् खतिवडा काठमाडौंबाट ओखलढुंगा आउँदैछन् ।
कांग्रेसको १४औँ महाविधेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित केन्द्रीय सदस्य खतिवडा र प्रदीपकुमार सुनुवारलाई ओखलढुंगा कांग्रेसले सम्मान गर्नेछ ।
ओखलढुंगा कांग्रेसका सभापति तेजेन्द्र कार्कीले केन्द्रीय सदस्यद्वय खतिवडा र सुनुवारलाई कांग्रेसले गृहजिल्लामा भव्य स्वागत गर्ने समेत बताएका छन् ।
खतिवडा कांग्रेसको खुला ३५ जना केन्द्रीय सदस्यतर्फ लोकप्रिय मतसहित टप फाइभमा निर्वाचित भएका थिए ।
सुनुवार अपल्पसंख्यकतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया