काठमाडौंसहित देशभरि १६७ जनामा संक्रमण

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बिहीबार एक सय ६७ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले एक सय ६७ जना संक्रमित थपिएको जानकारी दिए ।

काठमाडौंमा बिहीबार १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अब कोरोना संक्रमितको संख्या १७ हजार तीन सय ४४ पुगेको छ ।

कोरोना निको भएर बिहीबार दुई सय १३ जना घर फर्किएका छन् । अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार दुई सय ५९ पुगेको छ ।

आइसोलेसनमा छ हजार ५६ जना छन् । क्वारेन्टिनमा २३ हजार पाँच सय व्यक्ति रहेका छन् । डा.गौतमले संक्रमितको संख्या कम भए पनि जोखिम नघटेको बताएका छन् ।

नेपालमा हालसम्म कोरोनाबाट ३९ जनाको मृत्यु भएको छ ।

Published : Thursday, 2020 July 16, 4:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया