भोटेकोशीमा पहिरो, पाँच जना बेपत्ता

तातोपानी । सिन्धुपाल्चोकमा फुल्पिङकट्टिमा पहिरो जाँदा दुई घर बगेका छन् ।

बिहीबार बिहान करीव साढे एक बजे पहिरोले दुई घर बगाउँदा पाँच जना बेपत्ता भएका हुन् । भोटेकोसी गाउँपालिकाको वडा नम्बर ४ फुल्पिङकट्टिको माथिल्लो भेगमा दुई घर बगेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका ईन्स्पेक्टर रामचन्द्र घिमिरेका अनुसार २ घरका ५ बेपत्ता भएका हुन् ।

प्रहरी घटनास्थल पुग्न सकेको छैन । अबिरल बर्षाले भोटेकोशीमा १.५ मिलिमिटर नदीको सतह बढेको थियोे ।

Published : Thursday, 2020 July 16, 6:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया